एजेन्सी । दक्षिणी बंगलादेशमा यात्रुले भरिएको डुंगामा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो ।
adदुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । तीन तले फेरी नदीको बीचमा छँदा आगो लागेको र आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छन् । साथै मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ ।
adआगो लागेपछि केही नदीमा हाम फालेका थिए । फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् ।
मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरू बताउँछन् ।