जनकपुरधाम।
आपसी वि वाद हुँदा आफ्नै श्रीमानको ह त्या गरेका छन्। सिरहा जिल्लाको धनगढीमाइ नगरपालिका-१४ मरानमा ४० वर्षीय टेकबहादुर बिकको उनकै श्रीमतीको कु टपि टबाट बिहीबार बिहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुबास बुढाथोकीका अनुसार आपसी वि वाद हुँदा श्रीमतीले दाउराको चिरपटले टाउकोमा हिर्काउँदा टेकबहादुर ग म्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि आरके मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनकी ३५ वर्षीया श्रीमती हर्कमायालाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भबइरहेको प्रहरीले जनाएको छ ।