जनकपुरधाम– जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को निर्वाचनमा सभापतिमा रामसरोज यादवका लागि कांग्रेसका नेता विमलेन्द्र निधिले मत मागिरहेका छन्। बिहीबार भइरहेको मतदानको क्रममा निधिले यादवका लागि मत मागेका हुन्।
रामसरोज यादवका पक्षधरहरुले निधि दम्पतिको उपस्थितिमा हुटिङ गर्दै मत मागेका छन्।
कांग्रेस प्रदेश २ सभापतिका लागि २ जनाको उम्मेदवारी परेको हो। प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोजले यादव निधि–कोइराला समूहबाट उम्मेदवारी दिएका छन् भने रौतहट जिल्लाका सभापति कृष्ण यादवले पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट उम्मेदवारी दिएका छन्।
अहिले जनकपुरधामको गोपाल धर्मशालामा मतदान भइरहेको छ। ७२ सदस्यीय हुने समितिमा ५ जना पहिला नै निर्विरोध भइसकेका छन् भने बाँकी ६७ पदका लागि निर्वाचन हुँदैछ।