जनकपुर -
दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्लाचल्दै आगलागी भएको छ ।
कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ ।
आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
‘आगलागिका कारण टायरमा क्षति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘ट्रकमा कुनै क्षति भएको छैन ।’
ट्रकको पछाडिको टायरमा आगलागी भएको उनले बताए ।