जनकपुर ।
नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।
शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
ad
निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्याए भने शेखले १८७१ मत पाए । फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।