जनकपुर ।
सर्लाहीको बलरा नगरपालिका–४ मा १४ वर्षीया किशोरीलाई बला त्कार गर्नेहरू अझै पक्राउ परेका छैनन् ।
मंसिर २० मा दाउरा खोज्न गएकी किशोरीलाई ६ जना मिलेर सामूहिक बला त्कार गरेको स्थानीयले बताएका छन् । तर, घटनामा संलग्नहरूको अनुसन्धानमा प्रहरीले बेवास्ता गरेको पीडित पक्षको आरोप छ ।
बला त्कारमा संलग्न मध्येका २१ वर्षीय सुधीर रायलाई प्रहरीले घटना भएको दिन पक्राउ गरेको थियो । तर, बलात्कारमा संलग्न भनिएका अरू पाँचजना अझै फरार छन् ।
यसअघि सर्लाहीका एसपी कृष्ण प्रसाईले रातोपाटीसँग कुरा गर्दै दुईजनालाई पक्राउ गरिएको बताएका थिए । तर, प्रहरीले अहिले बलरा–४ घर भएका रायलाई मात्रै पक्राउ गरिएको जिकिर गरेको छ ।
घटनाबारे रातोपाटीको प्रश्नमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डिएसपी) माधव बुढाथोकीले आफूलाई थाहा नभएको भन्दै मुद्दा शाखाका इन्स्पेक्टरसँग कुरा गर्न आग्रह गरे ।
इन्स्पेक्टर जटाशंकर यादवले एकजना आरोपी पक्राउ गरिएको र अरूको खोजतलास भइरहेको बताए ।
किशोरीका परिवारले स्थानीय महेश शहनी, प्रमोद यादव, नवीन राय र अखिलेश यादव सहित ६ जना बिरुद्ध किटानी जाहेरी दिएका छन् ।
आरोपीहरूको पहिचान खुल्न बाँकी रहेको इन्स्पेक्टर यादवले बताए ।