जनकपुरधाम।
सर्लाही सदरमुकाम मलगंवाबाट १ सय ६८ किलो लागू औ षध गाँजा बेवारिसे अवस्थामा फेला परेको छ ।
मलगंवा नगरपालिका ८ स्थित शान्ति टोलमा ६ वटा पोकामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शनिबार राति ११ बजेतिर बेवारिसे अवस्थामा राखिएको उक्त गाँजा फेला पारेको गिरीले बताए ।
गाँजा फेला परेको सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।