जनकपुर।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ को पार्टी अध्यक्षमा जितेन्द्र सोनललाई मनोनयन गरेको छ ।
लोसपाका कार्यकारिणी समितिका सदस्य तथा प्रदेश २ का प्रदेशसभा सदस्य समेत रहेका सोनललाई पार्टीका अध्यक्ष महन्थ ठाकुरले शनिबार मनोनयन पत्र दिएका हुन् ।
सोनल पार्टी विभाजनअघि जसपाबाट प्रदेश २ सरकारमा मन्त्रीसमेत थिए । उनी प्रदेश २ को प्रदेशसभामा लोसपाका संसदीय दलका नेता पनि हुन् ।
ad
जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवादका कारण नेता सोनललगायत महन्थ ठाकुर पक्षधर मन्त्रीहरुलाई प्रदेश सरकारबाट हटाइएको छ । उनी प्रदेश २ सरकारमा भौतिक मन्त्री थिए ।