जनकपुर ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा गो ली लागेर एक युवकको मृत्यु भएको छ ।
आइतबार राति सिकार खेल्न गएकाबेला गो ली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले पुष्टि गरे ।
शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएकोबेला घटना भएको प्रहरीको भनाइ छ । गो ली लागेर युवकको घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए ।
‘दुई जना सिकार खेल्न गएका रहेछन् । त्यसैबेला गो ली लागेर घट्नास्थलमै मृत्यु भएको रहेछ,’ उनले भने ।
प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार ब न्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ ।
प्रहरीले ब न्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।