जनकपुरधाम ।
धनुषा जिल्लाका प्रअलाई सरुवा गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सो नारावाजी विद्यार्थीहरुले करिब दुई घण्टा सम्म सडक जाम गरी प्रदर्शन गरिएको थियो ।
आइतबार आज बिहान औरही गाउँपालिका वडा न. १ स्थित झिटकहियाँमा रामजानकी माध्यमिक बिधालयका प्रअ मदन कुमार महरालाई सरुवा गरेको विरोधमा विद्यार्थीहरुले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको हो ।
चक्काजामको क्रममा पुन: प्रधानाध्यापक महरालाई फिर्ता ल्याउ, शिक्षामा राजनीति गर्न पाईदैन, मेयर ब्रहम देव यादव मुर्दावद जस्ता नारा लगाउदै विद्यार्थीहरुले नाराबाजि गरेका हुन् ।
स्थानीय व्यक्ति संजय यादवका अनुसार प्रअ महरालाई हटाई शिक्षा नमाबली विपरीत काजमा खटेका मनोज ठाकुरलाई प्रअ बनाएको भने । साथै, विद्यालयमा शैक्षिक वातावरण कायम गरेपनि धनुषाधाम नगरपालिकाको किसानपुर माविमा सरुवा गरेपछि विद्यार्थीहरु विरोधमा उत्रेका बताए ।
बिद्यार्थीहरुको अनुसार अध्यक्ष ब्रम्हदेव यादवले शिक्षामा राजनीति गर्न खोजेको आरोप लगाउँदै सरुवा गर्ने कार्य तत्काल रोक्नुपर्ने माग गरे । साथै, विद्यालयमा व्यवस्थापन समिति गठन गर्न असहज भएकोले प्रअ महरालाई सरुवा गरेर किसानपुरका प्रअ मनोज ठाकुरलाई ल्याउन खोजेको उनीहरुले आरोप लगाएका छन ।
यता, गाउँपालिका अध्यक्ष यादवका अनुसार विद्यालयमा व्यवस्थापन समिति गठन गर्न खोज्दा २ महिना पहिले देखि पटकपटक पुर्जी काटेको सोलाई मध्यनजर गर्दै गठन गर्न नसकेको र कामकाजमा कठिनाइँ समेत भएको भने ।साथै, शिक्षकहरु पनि प्रअ महराको पक्षमा व्यवस्थापन समिति गठन नगर्न नरहेको र केहीँ विद्यार्थीहरुलाई जालसाजी गरेर नारावाजी ल्याएको बताए ।
यद्यपि, विद्यार्थीहरु विरोधमा उत्रेपछि गाउँपालिकाले उनीहरूलाई उत्रिनुपर्दैन वार्ताको माध्यमबाट समस्या समाधान हुन्छ बताए ।