जनकपुर ।
सर्लाहीमा पानीमा फालिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । कौडेना गाउँपालिका लक्ष्मीपुरका रामईश्वर राउतका ३० वर्षीय छोरा शत्रुधन राउतको शव फेला परेको हो ।
प्रहरीका अनुसार फुलपरासी र गोडैताको बीचमा पर्ने हुलाकी सडकको छेउमा रहेको नहरको खाल्टोमा घोप्टो परेर आधा पानीमा डुबेको अवस्थामा राउत मृत फेला परेका हुन् ।
मृतकका बुवा रामईश्वर राउतका अनुसार छोरा घरको छानो बनाउने काम गर्ने मजदुर रहेको र शव फेला परेको एकदिन अगाडी बिहिवार बिहान ७ बजे छोरा कामका लागि निस्केको थियो ।
काम गर्न गएको छोरा अबेर रातीसम्म घर नआएपछि चारैतिर पत्ता लगाउँदा पनि पत्ता लागेको थिएन ।
ad
फुलपरासी र गोडैताको बीचमा पर्ने हुलाकी सडक छेउको नहरको पानीमा एक पुरुषको शव फेला परेको छ भन्ने जानकारी पाएपछि हेर्न जाँदा उक्त शव आफ्नै छोराको रहेको थाहा पाएको रामईश्वरले बताए।