जनकपुर ।
जनकपुरधाममा रहेको जनकी मन्दिरमा श्री सीताराम विवाह पञ्चमी महा-महोत्सव भव्य तयारी भइरहेको छ ।
जानकी मन्दिरको तिनै ओटा मुख द्वार टेण्टले सिगारिदै छ । मन्दिरको प्राङ्गणमा राम कथा र राम लिलाको लागि पंडाल र मञ्चको निर्माण कार्य भईरहेको छ ।
उक्त पंण्डाल भित्र राम कथा प्रतेक दिनको १२:०० बजे देखि ३:०० बजे सम्म र राम लिला साझ ४:०० बजे देखि बेलुका ८:००सम्म संचालन हुन को लागि पंण्डाल निर्माण गरिएको छ।
विवाह पञ्चमी आउन लग्तै भारती सर्धालु भक्तजन आउन थालेको छ । सर्धालु भक्तजन पर्यटनले विवाह मण्डप र जानकी मन्दिर भित्र भिड हुनथालेको छ ।