जनकपुरधाम ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहिदहरुको बलिदानीलाई प्रदेश सरकारले खेर जान नदिने प्रतिवद्धता जनाएका छन् ।
शहिदनगर नगरपालिकाको हरबाडामा नवनिर्मित शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले कामेश्वर कुशेश्वर जस्ता शहिदहरुले दिएको बलिदानीकै कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे ।
मुख्यमन्त्री राउतले शहिदहरुको बलिदानीको बलमा स्थापित प्रदेश सरकारले शहिदहरुले देखेको सपना साकार पार्न सदैव तत्पर रहने बताए ।
समाजमा पछाडि परेका समुदायको उत्थानका लागि जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।
तत्कालिन निर्दलिय पञ्चायती निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनमा २०२९ आश्विन १ मा कामेश्वर मण्डल र कुशेश्वर यादव शहिद भएका थिए ।