जनकपुरधाम ।
ad
सप्तरीमा बसले दिएको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुसहामा बिहीबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ३ ख ३१४९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
ठक्करले मोटरसाइकल चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ बस्ने ४० बर्षीय कुमार बस्नेतको मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । गम्भीर घाइते भएका उनको लहानमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
ठक्कर दिएर फरार भएका बसका चालकको खोजी भइरहेको र बस तथा मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।