जनकपुरधाम ।
धनुषामा एक युवतिको गाडीबाट खसेर मृत्यू भएको छ ।
बुधबार बिहानै गुडिरहेको विँगरबाट धनुषाधाम नगरपालिकाको धारापानीस्थित खसेर मृत्यू भएको हो ।
बिहानै करिब ७ बजेको समयमा ना १ ज ७०९४ नम्बरको विँगरमा चढेकी युवती धारापानी स्थित सिटबाटै तल झरेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) प्रदीप सुवेदीले जानकारी दिए ।
धारापानीबाट ढल्केवरतर्फ जाँदै गरेको एक सार्वजनिक विँगरबाट झरेर धनुषाधाम नगरपालिका वडा नम्बर ७ भगवानपुर टोल बस्ने सोहन साहकी अन्दाजी बर्ष १८ की पूजा कुमारी साहको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार, धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित रहेको यज्ञभूमि बहुमुखि क्याम्पसमा बि.बि.एस. प्रथम वर्षमा पढदै आएकी पूजा कलेजबाट बँक हानेर ढल्केवर तर्फ जाँदै थिईन् ।
घरबाट कलेज जाँदैछु भनेर निस्केकी पूजा कलेज बँक हानेर ढल्केवर तर्फ जाँदै गर्दा उनको धारापानी स्थित बिँगर गाडीबाट खसेर तत्कालै मृत्यू भएको जनाइएको छ । भित्र सिटमै बसेकी पूजा कसरी झरयो भनेर अझै खुलेको छैनन् ।