जनकपुरधाम ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका-११ पडरियामा एक पुरुषको लास फेला परेको छ ।
सडक छैउमै सुन्तला रंगको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको पुरुषको श व आज विहान फेला परेको हो । मृतकको पहिचान खुल्न सकेका छैन । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले शव फेला परेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।