जनकपुर ।
ad
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ सुलसिङमा आगलागी हुँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । बच्चाहरु खेलिरहेको गोठबाट आगोको झिल्को सल्किएर आगलागी भएको थियो ।
सुख्खा पातबाट आगलागी सुरु भएको र बालबालिकाले ज्यान गुमाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाल प्रेसलाई जानकारी दिए ।
आगलागी भएपछि बालबालिका गोठ पस्दा जलेर मृत्यु भएको उनले जनाए ।
घटनास्थलमा फोन लाग्न समस्या भएकाले विस्तृत विवरण आउन बाँकी रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । उनका अनुसार केहीबेर अघि प्रहरी घटनास्थल पुगेको छ ।