जनकपुरधाम ।
ad
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इश्वरपुर-१२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही ठाउँका मुकेश निमेलको मृत्यु भएको सर्लाहीका प्रहरी प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
ईश्वरपुर नगरपालिका-१२ घारीबथानस्थित भित्री सडक खण्डमा आफैं अनियन्त्रित भई रुखमा ठोक्किँदा दुवै जना ग म्भीर घाइते भएका थिए ।
टाउकोमा ग म्भीर चोट लागेका मगरलाई उपचारको लागि गढीमाई अस्पताल लालबन्दी लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
यस्तै दाहिने तिघ्रा भाँचिएर टाउकोमा ग म्भीर चोट लागेका निमेललाई नेशनल मेडिकल कलेज वीरगञ्ज पठाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।