धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
महोत्तरी-
महोत्तरीको वर्दिवासमा यात्रु वाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय वर्दिवासले जनाए अनुसार बर्दिवास नगरपालिका वडा नं. ५ टुटेश्वर चोक सडक खण्डमा शनिबार साँझ बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।
घाइते मध्ये ३ जनाको उपचार मोडल अस्पताल लालगढमा उपचार भइ रहेको छ भने अन्य घाइतेहरुको उपचार बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
गौशालाबाट काठमाडौं तर्फ जादै गरेको ना ५ ख ३०९९ नं को उग्रतारा ट्राभल्स बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो।
घाइतेहरुको नामावलीः-
१. महोत्तरी जिल्ला सोनमा गा पा बस्ने बर्ष ४३ राम दयाल राय हात गोडामा चोट अबस्था सामान्य
२. महोत्तरी जिल्ला औरहि न पा ६ बस्ने बर्ष २८ शुसिल कुमार यादब नाक र निधार चोट अबस्था मध्यम
३.महोत्तरी जिल्ला सोनम गा पा १ बस्ने बर्ष ३८ बिशेश्वर यादब दाया हात गोडामा चोट अबस्था सामान्य
४. महोत्तरी जिल्ला सोनम गा पा १ बस्ने बर्ष ४० लाल महम्मद मन्सुर खुट्टामा चोट अबस्था सामान्य
५. महोत्तरी जिल्ला गौशल्ला न पा २ बस्ने बर्ष २७ जय सिह टाउको र खुट्टामा चोट अबस्था सामान्य
६. महोत्तरी जिल्ला सोनमा गा पा वडा २ बस्ने बर्ष २१ देबेन्द्र कुमार दायाँ हातमा र ओठ चोट अबस्था सामान्य
७. महोत्तरी जिल्ला गौशल्ला न पा १० बस्ने बर्ष ३१ जयकिशोर चौधरी टाउको मा चोट अबस्था सामान्य
८. महोत्तरी जिल्ला सोनमा गा पा वडा नं ४ बस्ने बर्ष २३ अरुण ठाकुर दुबै हातको औलामा चोट अबस्था सामान्य
९. महोत्तरी जिल्ला औरहि न पा ६ बस्ने बर्ष २५ को दुखादास महत्तो हात टाउकोमा चोट अबस्था सामान्य
१०. काठमाडौं जिल्ला बस्ने बर्ष १६ स्वरुप ढुंगेल टाउको मा चोट अबस्था सामान्य
११. भारत राज्य सितामढी जिल्ला फुलबरिया बस्ने बर्ष ३५ प्रमोद महत्तो हात खुट्टामा चोट अबस्था सामान्य