जनकपुरधाम ।
पछिल्लो २४ घण्टा भित्र प्रदेश २ भर ४४ जनामा कोरोना परीक्षण गर्दा ९ जनामा भाईरस संक्रमणको पुष्टि भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाम स्थित पीसीआर ल्याबमा २४ जनाको परीक्षण गरिएको थियो सो मध्ये ८ जनामा संक्रमणको पुष्टि भएको हो ।
प्रादेशिक अस्पताल जनकपुरधाममा एक वटा प्लोअप विरामी रहेको स्वास्थ्य निर्देशनलाय जनकपुरधामले जनाएको छ । स्व.गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ६ वटा एन्टिजेन परीक्षण गर्दा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
पछिल्लो २४ घण्टा भित्र संक्रमित हुनेहरुमा जनकपुरधाम उमहानगरपालिकाका १४,१६,१७ र २१ वर्षीय युवक रहेका छन भने २५ वर्षीय एक जना महिला रहेकी छिन् । त्यस्तै हंसपुर नगरपालिकाका ४७ वर्षीय एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ भने धनुषा जिल्लाकै लक्ष्मिनिया गाउंपालिकाका ६१ वर्षीय एक जना बृद्धमा संक्रमण भएको हो ।
त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिकाका २७ वर्षीय युवक तथा चन्द्रपुर नपाका एक जना २७ जना युवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । यता देशभर पछिल्लो २४ घण्टामा ३ सय १७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १ र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैको साथ पिसिआर विधिबाट कूल संक्रमितको संख्या ८ लाख १६ हजार ६० र एन्टिजेनबाट ९४ हजार ९ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाले मृत्यु भएकाहरुको संख्या ११ हजार ४६६ पुगेको छ ।