हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ।
अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ ।
त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो ।
केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।
त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ ।केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।
शनिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।
यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ !
यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।
विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।