जनकपुर।
ग्रेटर मधेस मिडिया प्रा.लि. द्वारा संचालित रेडियो धनुष एफएम ९९.७ मेगाहर्ज धनुषाधामले आज बुधबार महाधनवर्षा कार्यक्रम आयोजना गरेको छ।
हिन्दुहरुको महान चाड छठको अवसरमा रेडियोले आयोजना गरेको कार्यक्रममा स्रोताले फोन गरि पुरस्कार जित्ने मौका पाउने छन् ।
पुरस्कार जित्ने बिजेतालाई फ्रिज एक थान, फाइन हिटर(बोलोवर)एक थान ,दराज एक थान,32"LED एक थान, कोटपैन्ट एक थान, लेहंगा एक थान, साइकल दुई थान, हिटर एक थान, चाँदीको सिक्का र अन्य विभिन्न प्रकारको पुरस्कारहरु राखिएको रेडियो धनुषका संचालक मुकेश कुमार ठाकुरले जानकारी दिए ।
कार्यक्रम संचाल आर.जे शिवम इश्वर ,अर्बिन्द कुमार सिंह,सिमा कापर,निषा अधिकारी,चन्दा मण्डल,प्राविधिक बिष्णु प्रसाद सिंह,प्रेम चौहान,अनितेश यादवले कार्यक्रम संचालन गरेका थिए ।
पुरस्कार भने मंसिर ४ गते सनिवारका एक समाहरोको आयोजना गरेर बाड्ने स्टेशन प्रमुख मुकेश कुमार ठाकुरले जनाए ।