जनकपुर।
ads
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धनुषा जिल्ला अध्यक्षमा पुनः रामचन्द्र यादव सर्वसम्मत चयन भएका छन् । त्यस्तै जिल्ला उपाध्यक्षमा मोहम्म दाउदलाई चयन गरिएको छ ।
कमलेशकुमार मण्डल, ईश्वरप्रसाद साह, रुपा ठाकुर, अभयकान्त ठाकुर, रामनारायण ठाकुर, श्रवणकुमार दाहाल लगायत सदस्य रहेको ४१ जनाको कार्यसमिति चयन गरिएको नेता कमलेश मण्डलले जानकारी दिए ।
राप्रपाको प्रदेश २ प्रमुख रामचन्द्र रायको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा केन्द्रिय सदस्यहरु कृष्णप्रताप मल्ल, मनोज मल्ल, श्रवणकुमार झा, प्रमोदकुमार गोयन्का, वीरेन्द्रलाल कर्ण, मिनबहादुर थिङ, राजकुमारी साह, नथुनीलाल दास, प्रदेश सदस्यहरु सुवोध ठाकुर, असर्फी झालगायतहरुको उपस्थिति थियो ।