जनकपुरधाम:
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १ मा एक युवकको श व भेटेको छ ।
वडा स्थित एक टिपरमा कामदारको रुपमा कार्यरत लक्ष्मीनियाँ गाँउपालिका सपही निकालका १८ वर्षिय राजु यादवको शंकाष्पद मुत्यु भएको छ ।
टिपरका साहु तथा चालक उनको करेन्ट लागेर मृत्यु भएको दावी गरिरहेका छन् भने मृत्कका दाजु झगरु यादवले भाईको हत्या टिपरले किचेर भएको दावी गरिरहेका छन् ।
घटनास्थल पुगेको धनुषा प्रहरीले घटनामा शंकाष्पद भन्दै ना १८ ख १२७५ नम्वरको टिपर चालक नागेन्द्र यादवलाई पक्राउ गरिसकेको छ भने टिपर चालक दिलिप यादव सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।
करिव साता अगाडि मात्र टिपरमा लेवरको रुपमा काम थालेका राजुको मृत्युमा टिपर चालक र साहुका साथै सोहि वडामा टिपरले माटो भरिरहेको जग्गा धनी र संगै रहेको लिटिल च्याम्पस स्कुलका स्टाफहरुको समेत सहभागिता रहेको मृत्कका दाजु झगरुको भनाई छ ।
धनुषा प्रह्रीले टिपर चालक पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
साभार : एसपीखबर