जनकपुर ।
ads
धनुषाको एक स्थानीय तहले छठ पर्वको अवसरमा तीन दिन विदाको घोषणा गरेको छ ।
शहिदनगर नगरपालिकाले छठ पर्वलाई मध्यनजर गर्दै तीन दिनसम्म विदाको घोषणा गरेको हो ।
तराई मधेशमा पाँच दिनसम्म निष्ठापूर्वक मनाइने छठ पर्वको अवसरमा व्रतालुहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कार्तिक २३, २४ र २५ गतेसम्म तीन दिन सार्वजनिक विदा दिने निर्णय भएको नगर प्रमुख उदय कुमार बरबरिया यादवले जानकारी दिए ।