महेश राय
जनकपुरधाम ।
मिथिलाञ्चलको महान पर्वको रुपमा मनाईने छठ पर्व नजिकिए संगै तराई – मधेशमा केराको मुल्य अकासिएको छ । छठ पर्वमा केराको छुटटै विशेष नभई नहुने समाग्रीको रुपमा लिने गर्दछ ।
पोर साल भन्दा यस पालि डेर दोब्बरले केराको मुल्य बढेको छ जुन घरी पोर ४ सय देखि ५ सयमा दिन्थ्यो त्यसको यस पालि ६ सय देखि हजार सम्म भन्ने गरेका छन।यस पालिको छठ पर्व कसरी मनाउने, केरा छठ पर्वमा चाहिन्छ नै सबैला नगरपालिका वार्ड नं.९ भठिहन टोलका बिनोद कापरले बताएका छन ।
एक व्यपारी संग जिज्ञासा राख्दा यस पालि केरा किन यति महगो भयो भनेर वहाँको जवाफ थियो,यस पालि केरा वर्षाको कारण सबै गलेर गयो कम मात्रामा फलेको छ ठाँउ ठाँउबाट बटुलेर केरा ल्याउनु पर्छ त्यसमा खर्च त बढी हाल्छ नि, त्यसमा पनि ढुवानी खर्च त्यसैले पोर भन्दा यस पालि केराको मुल्यमा बृद्धि भएको तपाईहरुलाई महसुस भईरहेको छ ।
यो केराहरु हामी नेपाल कै पहाडी ईलाकाहरुबाट संकलन गरी ल्याएका छौ । पहाडी ईलाकामा ढुवानी खर्च बढी पर्न जान्छ, भारतबाट ल्याउदा सस्तो पर्छ र त्याहाँबाट ल्याउदा ढुवानी खर्च पनि कम पर्ने भएकोले भारतबाट सस्तो पर्छ व्यपारी बताएको छ ।
केराको विभिन्न जातहरु हुन्छन मालभोग, बनसीबोट,कुरकुटिया,दुधिया, अठिया लगायतका जातहरुमा सब भन्दा बढी महगो बनसीबोटको रहेको व्यपारीले बताए ।
प्रायः केरा किन्नेहरुको भिड पर्व नजिकिदै हुँदै जान्छ कि सस्तो परोस,सस्तोको सट्टा उल्टै महंगोको सामना रहेको स्थानीय निवासी उमेश रायले बताउनुभयो,राय अनुसार अगाडि लिनेहरुको कमि भएता पनि पर्व नजिकिदै केराको बिक्रीवितरण बढी हुने र महंगो हुने गरिन्छ।