जनकपुर ।
एम्बुलेन्स दुर्घटना हुँदा ताप्लेजुङकी एक किशोरीको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा मौवाखोला २ की १६ वर्षीया हेमकला थोप्रा लिम्बूको मृत्यु भएको हो ।
बिरामी लिएर सुनसरीको धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मिल्केडाँडा नजिकै दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी थोप्राको उपचारको क्रममा धरानस्थित बीपी कोइराला बिज्ञान प्रतिस्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा ७ जना सवार रहेकोमा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।