महोत्तरी।
नागेन्द्र साह
महोत्तरीको गौशाला नगरपालिका वडा नं. ४ रजखोरमा शनिबार राती ट्रयाक्टरबाट लडी एक युवक मृत्यु भएको छ ।
भाईटिकाको दिन देउसीभेली खेल्न साझँ ट्रयाक्टरमा बसी अन्दाजी २० जनाको समुहमा गएका र रजखोर देखी रामनगर तर्फ जानेक्रममा दुर्घटना भएको थियो ।
मृत्यु हुने गौशाला नगरपालिका वडा नं. ४ रजखोर बस्ने श्याम रानाको छोरा वर्ष २२
अजय राना ट्रयाक्टरबाट लडी निजको टाउकोमा ग म्भीर चोटलागी ग म्भीर घाईते रानालाई तत्कालै उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर लगीएको र उपचारको क्रममै निजको राती ८ः३० बजेको समयमा मृत्यु भएको गौाशाला ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिनुभयो ।
ट्रयाक्टर चालक जि. महोत्तरी गौशाला नगरपालिका वडा नं. ४ रजखोर वस्ने चन्देवा भन्ने रामचन्द्र साह तेलीको छोरा अन्दाजी वर्ष २६ को महेश साह ट्रयाक्टर लिई फरार रहेको र उक्त ट्रयाक्टर स्वराज कम्पनीको निलो रंगको ट्रयाक्टर रहेको वस्यालले बताए । हाल भन्ने ट्रयाक्टर चालक र ट्रयाक्टर को खोजतलासी भईरहेको वस्यालले बताए ।