एजेन्सी ।
अमेरिकाको टेक्सासमा एक म्युजिक फेस्टिबलमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ । घटनामा ३ सय जनाभन्दा बढी घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टेक्सासको हस्टन शहरमा गएराति भएको म्युजिक फेस्टिबलमा केही व्यक्ति स्टेजतर्फ अगाडि बढ्न खोज्दा भागदौड मच्चिएको थियो ।
उक्त घटनामा ११ जना ग म्भीर घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुमध्ये ८ जनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । कार्यक्रम हेर्न करिब ५० हजार जना दर्शक उपस्थित रहेको अनुमान छ ।
हस्टनका अग्नि प्रमुख सैमुअल पेनाले भने, ‘भीड विस्तारै स्टेजतर्फ बढ्न थाल्यो, जसका कारण दर्शकहरु डराउन थाले ।’ दर्शकहरु डराएर भाग्न थाल्दा उक्त घटना भएको उनको भनाइ छ ।
भागदौडको घटनापछि उक्त म्युजिक फेस्टिबल रोकिएको थियो ।
एजेन्सीको सहयोगमा