जनकपुरधाम :
जनकपुरमा ओरभटेक गर्न खोज्दा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।
धनुषाको हरैयास्थित मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैयाटोलस्थित जनकपुर–ढल्केवर ६ लेन सडकमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
शुक्रबार (आज) करिब ११ः३० बजेको समयमा भएको मोटसाईकल दुर्घटनामा परी एक युवकको ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
महेन्द्रनगरबाट ज ८ प ७०७२ र प्रदेश २–०२–००४ प ९०२८ नम्बर को मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ भने अन्य दुई जना ग म्भिर घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार, महेन्द्रनगरबाट च्ज्ञछ मोडेलको गाडी र अर्को एभेन्जर गाडी दुर्घटना भएको हो ।
ग म्भिर घाईते भएका युवकलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाइएको तथा उनको स्थितिबारे अपडेट नभएको बताइएको छ ।