ADS
जनकपुर। दीपावली गर्ने क्रममा अनामनगरको कार्की भवनमा आगलागी भएको छ । सिंहदरबारको पूर्वी गेट अगाडि रहेको स्थानीय जयन्द्र कार्कीको घरको दोश्रो तलामा आगलागी भएको हो । आगलागीबाट फर्निचर, ल्यापटप लगायतका सामानहरु जलेको महानगरीय प्रहरी वृत सिंहदरबारका डिएपी भरत श्रेष्ठले जानकारी दिए । आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको श्रेष्ठले बताए ।