जनकपुर :
दिपावलीका दिन पोलमा तार जोडने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको हो।
सर्लाहीको औरहीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका-८ औरहीमा बस्दै आएका राम एकवाल सहनी (मुडियाडी) को २१ वर्षिय छोरा अकलेस सहनी रहेको छ ।
सहनी आज दिपावलीका दिन पोलमा बल्ब (बति) जोडने क्रममा ११ हजार वाट को बिधुतिय तारमा छोएर गम्भीर घाइते भएको थियो ।
घाइते सहनीलाई उपचारको लागि सर्लाही अस्पताल मलङ्वा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।