जनकपुर ।
भारतको बिहारका दुई जिल्लामा बितेका २ दिनभित्र २३ जनाको मृत्यु भएको छ। साथै १४ जनाको अवस्था ग म्भीर छ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार मृतकमध्ये १३ जना गोपालगन्जका बासिन्दा थिए। यहाँ ७ जना ग म्भीर बिरामी छन्। यीमध्ये ३ जनाको आँखाको दृष्टि गुमेको छ।
यस्तै बेतियामा १० जनाको मृत्यु भएको छ। यहाँ ७ जनाको अवस्था ग म्भीर छ। यी सबैले विषाक्त रक्सी पिएको आशंका गरिएको छ।
गोपालगन्जका बिरामीहरूको उपचार मोतीहारी अस्पतालमा भइरहेको छ।
बेतिया प्रहरी भन्छ : घटना शंकास्पद
बेतियाका मृतक तथा बिरामीका परिवारजनले बुधबार साँझ उनीहरूले गाउँमा घरेलु रक्सी पिएका थिए।
अबेर राति बिरामी भएपछि उनीहरूलाई अस्पतालमा भर्ती गरियो। यीमध्ये उपचारका क्रममा २ दिनभित्र २३ जनाको मृत्यु भएको हो। यसपछि उक्त क्षेत्रमा अहिले हंगामा मच्चिएको छ।
प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुने बताएको छ। घटना शंकास्पद भएकाले अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।