जनकपुर
धुमधामका साथ जनकपुरमा श्री हनुमान जयन्ती मनाइएको छ ।मिथिलाञ्चल सांस्कृतिक कलापरिषद्ले जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभायात्रा निकालेको हो ।
बुधबार हनुमान जयन्तीको अवसरमा जनकपुरधाममा शोभायात्रा निकालिएको छ ।
आजैको दिनमा हनुमानजीको जन्म भएकोले बिगत ४ वर्षदेखि जनकपुरधाममा भब्यताका साथ आफूहरुले जयन्ती मनाईरहेको परिषद्का अध्यक्ष शभ्मु साहले बताए ।
जानकी मन्दिरवाट सुरु भएको शोभायात्रा विहार कुण्ड पुगेर कुण्डको परिक्रमा गर्नुका साथै जुगलजोडी मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम गरि हनुमान जयन्ति मनाइएको छ ।
हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई उहाँले आग्रह गरे ।
हनुमान, शिव र गरुडको कलात्मक प्रतिरुप सहित बैण्डबाजा र झाँकी सहित निकालिएको सोभायात्रामा महिला, युवा, साधुसन्तहरुको सहभागिता रहेको थियो । शोभायात्राको समुदघाटन प्रदेश २ सांसद रामअशिष यादवले गरेका थिए ।