जनकपुरधाम।
धनुषाको सबैला नगरपालिका वार्ड नं.९ स्थित भठिहनमा डोरा भनिने तलाउमा डुबेर सोमबार करिब १२ बजेको समयमा एकको मृत्यु भएको छ।
मृत्यु हुनेमा करिब ४५ वर्षको रामरतन सदा रहेका छन्। उनलाई उक्त पोखरीमा डुबेर मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
सदालाई खोजतलास समेत गरेका थिए तर नभेटेपछि तलाउ नजिक मान्छेहरुको भिड लागेको थियोे।
थप,उक्त सदालाई पोस्टमार्टमको लागि जनकपुर अस्पतालमा लगिएको छ।