जनकपुर ।
छिमेकीको अन्येष्टीमा गएका एक युवक कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका-८ रुपाकोटका १९ वर्षीय शंकर पौडेल नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
प्रहरीका अनुसार पौडेल चन्द्रकोट गाउँपालिका-७ का ७६ वर्षीय थानेश्वर न्यौपानेको मलामी गएका थिए ।
नदीमा नुहाउने क्रममा बेपत्ता भएका पौडेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।