जनकपुर ।
सबैला नगरपालिकामा भ्रष्टाचार भएको भन्दै लामो समय देखि एक समुह अनसनरत्त छन् ।
एक महिना भन्दा लामो समय देखि रिले अनसन गर्दै आएको देखेपछि सबैलावासीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री कार्यालय देखि अख्यितार आयोगसम्मलाई ज्ञापन पत्र बुझाउँदै गुहारेका छन् ।
सूचनाको अधिकारलाई समेत बेवास्ता गरेपछि स्थानीयवासीले सबैला नगरपालिकामा विभिन्न शिर्षकमा भ्रष्टाचार भएको भन्दै स्थानीयवासीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र अख्तियार आयोगमा ज्ञापन पत्र बुझाएका हुन् ।
भ्रष्टाचार विरुद्ध संघर्ष समितिले सबैला नगरपालिकाका नगर प्रमुख विजय शंकर प्रसाद साहले आर्थिक वर्ष ०७४/०७५ देखि हालसम्म नगरपालिका गरेको विभिन्न कार्य योजनाको किताब र कार्य सम्पन्न योजना किताब लगायत कार्यहरुमा शंकास्पष्द क्रियाकलापहरुको विषयमा सूचनाको हक अनुसार दिएको निवेदन अनुसार समेत सूचना नदिएपछि १९ बुँदे शिर्षकमा अनुचित एवं भ्रष्टाचारजन्य कार्य गरेको भन्दै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिपककुमार कर्णलाई ज्ञपान पत्र बुझाएको संयोजक विजयकुमार साहले छन् ।
समितिका संयोजक विजयकुमार साहले सबैला नगरपालिकामा भएको भ्रष्टाचारको यथासिघ्र छानविन गरि कारवाही गर्न माग गरेका छन् ।
स्थानीय कारीप्रसाद यादवले लामो समय देखि सबैला नगरपालिकाले सूचना लुकाएर कार्य गर्दै आएकाले सर्वसाधारणले पालिकाको बेथिती र भ्रष्टाचार विरुद्ध सरोकारवाललाई ज्ञापन पत्र बुझाएको बताए । उनले नगरभित्र व्यापक भ्रष्टाचार रहेको देखेपछि सूचनाको हक प्रयोग गरिएको, तरपनि नगरप्रमुख लगायतकाले बेवास्ता गरेपछि अख्तियार आयोगसम्मलाई गुहार्नु परेको भने ।
सोलार लाइट जडानको नाममा रकम निकास भएपनि लाइट जडान नभएको, कोभिड १९ को नाममा भ्रष्टाचार भएको, विद्यालय बन्द रहेको अवधिमा दिवा खाजाको नाममा भ्रष्टाचार भएको, एउटै सडक दुई दुई पटक निर्माण गरि रकम निकासा गरेको, विउवितरणको नाममा रकम निकासा गरेको, विद्यालयमा प्रयोगशाला स्थापना गरेको भनिएपनि हालसम्म प्रयोगशाला नै नरहेपनि रकम निकासा गरेको, दुर्गापथ सडकको डिपिआरको नाममा रकम निकासा गरि भ्रष्टाचार गरेको, पटेरवा परिक्रमा सडक निर्माणको नाममा भ्रष्टाचार गरेको, औषधी खरिद, गाडी भाडा खर्च, बाख्रा पाललगायतका योजनामा अनियमितता, सरस एण्ड सुजन कन्स्ट्रकसन कम्पनीको नाममा विना विल भर्पाई गरी रकम अनियमितता, अवैध शिक्षक नियूक्ती, खरिद प्रकृया मिच्दै निकास, खेलकुद सामग्री नाममा निकास, सामाजिक सुरक्षा भत्ता प्रथम चौमासिक तथा दोश्रो चौमासिक नामा अनियमिततालगायतका विभिन्न १९ वटा शिर्षकमा भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार विरुद्ध संघर्ष समितिले आजै महोत्तरीको बर्दिबास स्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले नगरपालिकाका नगर प्रमुख विजयशंकार प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, प्राविधिक प्रमुखसमेतलाई छानविन गरी कारवाही गर्न माग गरेका छन् ।


